मोबाइल नउठेपछि कोठामा पुगेर हेर्दा एक छात्राको र’हस्यमय मृ त्यु !

झापा । झापाको दमक स्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ मा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनु भएकी इलामकी सेजला कोइरालाको रहस्यमय मृत्यु भएको हो ।

जनता समाचारका अनुसार कोइरालालाई बुधबार बेलुकी साथीले मोबाइलमा सम्पर्क गरेका र मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बे’होस अवस्थामा भेटेकोले तत्कालै लाइफलाइन अस्पताल पुर्याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनु भयो । घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका र आफन्तले सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

हाल मृतकको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाईएको छ । प्रहरीले तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको र मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *