कट्रिना कैफले दाइ बनाउन खोज्दा रिसाएका थिए अक्षय कुमार

अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना कैफ बलिउडका चर्चित अन–स्क्रिन जोडीका रुपमा चिनिन्छन्।

‘वेलकम’, ‘नमस्ते लन्डन’, ‘सिंह इज किङ’ जस्ता हिट फिल्ममा सँगै देखिएका यी दुई कलाकारका केमेस्ट्री दर्शकले मन पराउँदै आएका छन्। फिल्ममा धेरैजसो रोमान्टिक जोडी भएर अभिनय गरेका कट्रिना र अक्षयको वास्तविक जीवनमा पनि राम्रो मित्रता छ। तर, कुनै समय कट्रिना अक्षयसँगको सम्बन्ध अझै नजिक बनाउन उनलाई दाइ बनाउन चाहन्थिन्।

सन् २०१६ मा भारतीय सो ‘कफी विथ करण’को दौरान कट्रिनाले अक्षयलाई राखी लगाएर दाई बनाउन चाहेको खुलासा गरेकी थिइन्। कट्रिनाका अनुसार उनले अक्षयलाई ‘तीस मार खान’ फिल्मको ‘शीलाकी जवानी’ गीतको सुटिङको क्रममा राखी लगाउन खोजेकी थिइन्, तर अक्षयले उनको प्रस्ताव अस्वीकार गरे।

भारतमा दिदिबहिनीले आफ्नो दाजुभाइलाई राखी लगाइदिने चलन छ। राखीले दाजुभाइलाई कुनै पनि किसिमको हानीबाट सुरक्षित राख्ने विश्वास छ। ‘तीस मार खान’ फिल्मको सुटिङको क्रममा कसैले कट्रिनाको हातबाट राखी लगाउन नखोजेको उनले बताइन्।

‘म हातमा राखी लिएर बसेकी थिएँ तर कोही पनि मलाई ध्यान दिइरहेका थिएनन्,’ उनले भनिन्, ‘त्यहीबेला मेरो प्रिय साथी अक्षय अगाडि आइपुगे। मैले उनलाई राखी बाँधिदिउ भनेर सोधेँ तर उनले मलाई गाली गरे।’अक्षयले राखी लगाउन नमानेपछि कट्रिना दुखी हुँदै आफ्नो साथीको घर गएकी थिइन्।

उनको अनुसार त्यहाँ उनको भेट अभिनेता अर्जुन कपुरसँग भएको थियो र उनले अर्जुनलाई पनि राखी लगाउन प्रस्ताव राखेकी थिइन्। ‘मैले अर्जुनलाई आफ्नो भाइ बन भन्ने बित्तिकै उनी मबाट भाग्न थाले,’ कट्रिनाले सम्झिइन्, ‘उनी ढोकाबाट बाहिरै भाग्न थालेपछि म उनलाई समात्न पछाडि दौडिए तर अर्जुन मेरो नजिक आउन खोजिरहेका थिएनन्।’

कट्रिनाको अक्षय र अर्जुनलाई दाजुभाई बनाउने कोशिस अधुरै रहेको थियो। अझै पनि बलिउड अभिनेताहरु उनको दाजुभाइ बन्न चाहिरहेका छैनन्। तै कट्रिना अर्जुनलाई आफ्नो भाइको रुपमा लिने गर्छिन्। कट्रिना चाँडै अक्षय कुमारसँग जोडी भएर निर्देशक रोहित सेट्टीको फिल्म ‘सूर्यवंशी’मा देखिने छिन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *