नेपाल र चीनका अधिकारीहरु पिपिई सेट लगाएर मितेरी पुलमा यसरी कुरा गरे

काठमाडौ । नेपालमा पनि को’रोनाको दोस्रो लहरले महाा’मारीकै रुप लिएको अ’वस्थालाई लिएर चिनिया अधिकारीहरु पनि चिन्तित छन् । चिनसंगको सिमानामा को’रोना महामा’रीको अ’वस्थाका बारेमा उनीहरुले चासो राखेका थिए । बिहीबार दिउँसो रसुवाको रसुवागढी नाकामा नेपाल चीनका अधिकारीहरुबीच कुराकानी भएको छ । रसुवागढी नाकामा रहेको मितेरी पुलमा दुबै देशका अधिकारीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्कासंग कुराकानी गरेका छन् ।

आपसमा कुरा गर्न पुगेका उनीहरू सामान्य लुगा लगाएर गएका थिएनन्। दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए। सामाजिक दुरी कायम गर्दै उनीहरुले कुराकानी गरेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोनाको अवस्था कस्तो छ भनेर सोधेका थिए । उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरको बारे बुझ्न खोजेपछि दुई पक्षीय वार्ता भएको हो।

दुबै पक्षबीच २० मिटरको दूरी कायम राखेर कुराकानी भएको प्रजिअ ढकालले बताए । दोभाषेसहित दुबैतिरबाट छ, छ जना सहभागी भएको प्रजिअको भनाई छ । नेपाली पक्षको नेतृत्व प्रजिअ ढकालले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व जिलोङ (केरूङ) पोर्ट एडमिनिस्ट्रेसनका निर्देशक दा चुनले गरेका थिए। २० मिटर टाढा बसेका कारण एक अर्काको कुरा सुन्न माइक पनि राखिएको थियो ।

दुई पक्षबीच झन्डै डेढ घन्टा कुराकानी भएकोर उनीहरुले रसुवामा कोरोनाको अवस्था के छ ? नाकामा आउने चालकहरूले को’रोना खो’प लगाएका छन् कि छैनन् ? जस्ता कुराहरूका बारेमा जिज्ञासा राखेको प्रजिअ ढकालले बताए ।

तस्बिरस् अनिल गिरीको ट्वीटरबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *