आज नायिका स्वस्तिमा खड्काको जन्मदिन ….. जन्मदिनको धेरै धेरै शुभकामना

चलचित्र होस्टल रिटन्र्स बाट नेपाली रजतपटमा आएकी नायिका स्वस्तिमा खड्का अहिलेकी सबैभन्दा व्यस्त र डिमाण्डेड नायिका हुन् ।

आज तिनै नायिका स्वस्तिमा खड्काको जन्मदिन रहेको छ । आजबाट स्वस्तिमा २६ बर्ष पुरा भएकी छिन् ।होस्टल रिटन्र्स मा नै उनको अभिनय र लुक्सको निकै तारिफ भएको थियो । तर उनलाई सफलता भने कुटु मा कुटु गीतले नै दिएको हो ।

अहिले पनि कुटु मा कुटु गीत भन्ने बित्तिकै दर्शकले उनलाई नै याद गर्ने गरेका छन् ।कुटु मा कुटु गीतलाई स्वस्तिमाको करियरको टर्निङ पोइन्ट पनि भन्न सकिन्छ । उक्त गीतमा काम गरेपछि स्वस्तिमाले अहिलेसम्म पछाडी फर्केर हेर्नुपरेको छैन ।

सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ ।आज स्वस्तिमाको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ । हाम्रो तर्फबाट पनि स्वस्तिमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *