“कठै मेरो देश” गित सार्बजनिक , चर्चा बटुल्दै (भिडियो )

कठै मेरो देश
कठै मेरो देश

कोरोना महामारी को यो अवस्थामा पनि नेपाली साङ्गीतिक क्षेत्रमा दैनिक जसो बिभिन्न गितहरु बजारमा आईरहेका छन्।

कतिपय गितले राम्रै सफलता हासिल गरेका छन् । यसै क्रममा देशको अहिलेको अवस्था बारे र नेपाली जनताको पिर मर्का समावेश गरी “कठै मेरो देश” गित सार्बजनिक भएको छ। गायक गोविन्द चापागाईं र गायिका रिना केसीको स्वर रहेको उक्त गित “कठै मेरो देश” नेपाल र नेपाली जनताको आवाज उठाउने प्रयास गर्नुभएको छ।

यस गितमा शब्द उमेश अधिकारी को रहेको छ भने दिबस थापा मगरले यस गित एरेन्ज गरेका हुन्। यस गितमा छायांकन तथा सम्पादन मनोज नेपाली ले गर्नुभएको छ। यस गितमा हाम्रो देश नेपाल र हामी नेपाली जनताको यथार्थ चित्रण गरिएको छ। यस गितले सबै दर्शकको मन जित्न सफल होस् हाम्रो तर्फबाट यस गितका टिमलाई शुभकामना व्यक्त गर्दछौं।

यो गित कस्तो लाग्छ हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला साथै यो गित मनपरे लाईक, सेयर गरिदिनु होला है। हेर्नुहोस् यो भिडियो :-

Leave a comment

Your email address will not be published. Required fields are marked *