कार किनेको खुसी साट्दै प्रकाश सपुतले भने, ‘कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है’

काठमाडौ । नेपाली गीत संगीत क्षेत्रका चर्चित पात्र प्रकाश सपुतले कार किनेका छन् ।

उनले बुधवार सामाजिक सञ्जाल मार्फत आफुले कार किनेको खुसी साटेका छन् । सामाजिक सञ्जालमा कारको तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जिवनको पहिलो कार भन्दै खुसी साटेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपुतले २ बर्ष अगाडि काठमाडौंमा घर समेत किनेका थिए ।

उनले आफुले कार किनेको कुरा सार्वजनिक गरेर अरुलाई पनि गीत संगीतमा लागेर प्रगती गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको प्रतिकृया दिएका छन् । प्रकाशले हालै हुन्डाइको नयाँ कार किनेको तस्बिरमा देख्न सकिन्छ । सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्, ‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’ उनले यो कारको मूल्य ४९ लाख रुपैयाँ पनि जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा कार लभरहरुका लागि भन्दै उनले लेखेका छन्, सपना, संघर्ष, सिर्जना, सफलता मेरो, साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है “ जिवनको पहिलो गाड़ी

Leave a comment

Your email address will not be published. Required fields are marked *