पूर्वमन्त्री प्रभु साहलाई यस्तो गम्भिर आ’रोप लागेपछि……….

काठमाडौ । एक जना महिलाले पूर्वमन्त्री प्रभु साहको घरमै पुगेर हो हल्ला गरेपछि यो विषय अहिले चर्चामा आएको छ ।

उनले आफ्ना छोरालाई क्यानडा पठाइदिन्छु भनेर साहले पैसा लिएको र पुरै पैसा फिर्ता नगरेको भन्दै आ’रोप लगाएकी छन् । केही महिला अधिकारकर्मी समेत लिएर साहकै घरमा पुगेकी उनले त्यहाँ वि’वाद पनि गरिन् । प्रहरी वृत्त, बानेश्वरले साहको घरबाट बाँसबारीकी दीपा केसी कुँवरलाई प’क्राउ गरेको थियो ।

कुँवरले साहलाई २० लाख लिएर फिर्ता नगरेको आरो’प लगाउँदै आएकी छन् । छोरालाई क्यानडा पठाइदिने भन्दै ३० लाख लगेकोमा १० लाख फिर्ता गरेको र अरु पैसा फिर्ता गर्न बाँकी रहेको कुँवरको आरोप छ । यो घ’टना पछि पूर्वमन्त्री साहले विज्ञप्ती जारी गर्दै सो घ’टना माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको योजनामा भएको आ’रोप लगाएका छन् ।

उनले लेखेका छन्, ुक्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै सुनियोजित रुपमा मेरो नाम जोडेर केही अनलाइनहरुमा समाचार सम्प्रेषण भएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सर्वप्रथम, यी निराधार, कपोलकल्पित र निकै भ्रामक आ’रोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।

साथै, बिना कुनै तथ्य प्रमाण समाचार सम्प्रेषण गर्ने केही प्रायोजित अनलाइनका कारण मिडिया माथिको विश्वास घट्न थालेकोले यस्ता अनर्गल प्रचारबाजी गर्ने कार्य बन्द गर्न र गराउन सबैमा आग्रह समेत गर्दछु।’ पूर्वमन्त्री साहले फेसबुकमा लेखेका छन्, ‘यो सबै राजनीतिक रुपमा स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्नेहरुले नीचता प्रदर्शन गर्दै रचेको षड्यन्त्र मात्र भएकोले यसमा प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न दो’षीहरुलाई कानून बमोजिमको कार्य’वाही गर्न माग समेत गर्दछु।’

प्रहरी स्रोतका अनुसार ती महिलाले पूर्व मन्त्री साहलाई पैसा दिएको आधार प्रमाण केही फेला परेको छैन । तर पनि महिला अधिकारकर्मीहरु सहित आफ्नो निवासमा आएर उनले किन होहल्ला गरिन् भन्नेमा साह आफै छक्क परेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *