हजुरवुबा-आमाको अगाडी किन धुरु-धुरू रोए भा, इरल कमला घिमिरे र सचिन परियार ? अभिनित (भिडियो सहित)

कलाकारहरुलाइ अहिले तीजगीत बनाउन भ्याइ नभ्याइ छ। अहिले नेपाली नारीहरुको महानचाड हरितारिका तीज नजिकिदै गर्दा तीजगीतहरु सार्वजनिक भइरहेका छन् ।

यसैबिच सर्जक डि.आर. सुजनले यसबर्षको तीजपर्वलाई लक्षित गर्दै बाउ आमा बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीतमा ७ जना गायक तथा गायिकाको स्वर राखिएको छ । बिशेषगरी गीतले घर भित्रको आमा बुबासँगको सम्बन्धलाई देखाएको छ ।

१ हप्ता मै यो गित निकै चर्चित भइरहेको छ। अहिलेसम्म यो गित ३२ लाख दर्शकले हेरिसकेका छन् भने सो भिडियोमा ५८ हजार लाइक रहेको छ। यो भिडियो डि.आर सुजनको युटुब च्यानलमा अपलोड गरिएको छ।

गीतमा लय तथा शब्द डि.आर सुजनको रहेको छ भने राजु परियार, पुर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढा क्षेत्रीसँगै बालकलाकारहरु कमला घिमिरे, सचिन परियार र रबिना बसेलको स्वर रहेको छ । यस्तै गीतको भिडियोमा पनि १० जना कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

सुरबिर पण्डित, रमा थपलिया, बेगम नेपाली, रियाशा दाहाल, दिवाकर भण्डारी, लेखान्त भुसाल, नविना सिलवाल, डि.आर सुजन, बसन्त वली र सुस्मिता पोखरेलको अभिनय रहेको छ । रेशम धर्नामीले खिचेको भिडियो बिकाश ज्ञवालीले सम्पादन गर्नुभएको हो भने निर्देशक डि.आर. सुजनकै रहेको छ ।

तलको भिडियो हेर्नुहोस् …

Leave a comment

Your email address will not be published. Required fields are marked *